बिएल संवाददाता
आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे अन्तिम खेलमा नेपालले कीर्तिमानी विजयी हासिल गरेकाे छ। कीर्तिपुरस्थति त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्टमाथि २ विकेटकाे जित निकालेकाे हाे।
जारी सिरिजमा नेपालले लगातार चार खेल जितेर कीर्तिमान कायम गरेकाे छ।
टस हारेर पहिले ब्याटिङ गरेकाे स्कटल्याण्टले दिएकाे २ सय १३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले कठिन सुरुवातका बावजुद ४४.१ ओभरमा ८ विकेट गुमाए पूरा गर्यो।
नेपालकाे जितमा कप्तान राेहित पाैडेलले अविजित ९५ रनको अर्धशतकीय इनिङ खेले। कठिन परिस्थितिमा ब्याटिङ समालेका उनले १ सय १ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतकीय इनिङ खेले।
त्यस्तै करण केसीले ३१, ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७, आसिफ शेखले १२, सन्दीप लामिछानेले ९ तथा दीपेन्द्र सिंह ऐरीले ७ रन जाेडे।
ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोरा पनि १ रनमा आउट भए। भने, साेमपाल कामीले २ रन बनाए।
स्कटल्याण्डका मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेकाे स्टकल्याण्ट ४६ . १ ओभरमा अलआउट हुँदै २ सय १२ रन बनाएकाे थियाे।
स्कटल्याण्टका जर्ज मुन्शेले अर्थशतकीय इनिङ खेले। उनले ५० बलमा ६० रन प्रहार गरे।
त्यस्तै स्कटल्याण्डका ब्रान्डन एमसीमक्लेनले ३१, म्याथ्यू क्रसले ४२, क्रिस्टोफर म्याकब्राइडले २२, काइल कोट्जरले २२ रन बनाएर आउट भए।
नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। भने, करण केसीले ३ तथा कुशल मल्ल र ललित नारायण राजवंशीले १/१ विकेट लिए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया