विमान उडानमा प्रभावित परेका यात्रुकाे प्रश्न: विमानको सर्भर डाउन हुने, दुख चाहिँ हामीले पाउने? 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा यात्रु अलपत्र परेका छन्।

सोमबार दिउँसोदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आएर उडान प्रभावित हुँदा सयौं यात्रु समस्यामा परेका हुन्। 

मलेसिया उड्नका लागि बिहान १० बजे विमान पुगेका रमेश बिक भन्छन्, ‘आज मलेसियाको फ्लाइट थियो तर उडानै भएन।’ 

अध्यागनमको सर्भर डाउन भएर उडान रद्द हुँदा आफू बिचल्ली भएको उनले बताए। ‘गाउँबाट काठमाडौं आएर बसेर खाएको महिना दिन भइसक्यो। पैसा सक्कियो। अब के खाने? कहाँ बस्ने’ बिएल नेपाली सेवासँग प्रश्न गर्दै उनी भन्छन्, ‘अब प्राविधिक कारणले उडान बन्द हुने अनि हामी जस्तो गरिब दुखी जनताले दुख पाउने?’ 

प्रकाशित मिति: : 2023-02-20 15:09:00

प्रतिकृया दिनुहोस्