
प्रतिस्णा रेग्मी
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको खेलमा सट्टेबाजी गरेको आशंकामा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सात जना पक्राउ गरेको थियो।
सीआईबीले नामिबिया स्कटल्याण्डबीचको खेलमा सट्टेबाजी गरेको आशंकामा बिहीबार ४ जनालाई पक्राउ गरेको थियो भने शुक्रबार नेपाल र स्कटल्याण्डबीचको खेलका क्रममा ३ जनालाई पक्राउ गरेको थियो।
उनीहरुलाई सट्टेबाजी गरेको आराेपमा सीआईबीले त्रिवि मैदानबाट पक्राउ गरेर अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो लगिएको थियो। पक्राउ परेका सातै जनाबाट सट्टेबाजी गरेको कुनै प्रमाण फेला नपरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
'हामीले चार जनालाई नामिबिया र स्कटल्याण्डबीचको खेलबाट पक्राउ गरेका थियौँ भने तीन जनालाई नेपाल र स्कटल्याण्डबीचको खेलका क्रममा पक्राउ गरेका थियौँ। अनुसन्धानबाट केही प्रमाण फेला नपरेपछि उहाँहरुलाई हामीले छाडिदियौँ', उपरीक्षक सञ्जयसिंह थापाले बिएल नेपाली सेवासँग भने, 'अनुसन्धानको क्रममा सट्टेबाजीका लागि प्रयोग हुने मोबाइलमा त्यस प्रकारको कुनै एप्स पाएनौँ र उहाँहरु निर्दाेष सावित हुनुभयो।'
म्याच फिक्सिङ तथा सट्टेबाजी हुन सक्ने भन्दै खेल सुरु भएको दिनदेखि नै सीआईबीको टोली परिचालन गरी निगरानी बढाएको थियो। खेलकाे निगरानी गर्न सीआईबीसहित कीर्तिपुर पुलिस खटिएकाे छ।
अहिले पनि सीआईबी तथा स्थानीय पुलिसले म्याच फिक्सिङ तथा सट्टेबाजी हुन सक्ने भन्दै कडा निगरानी राखेको प्रवक्ता प्रहरी उपरीक्षक थापाको भनाइ छ।
गत महिना नेपाल क्रिकेट संघले आयोजना गरेको टी-२० लिगमा म्याच फिक्सिङमा गरेकाे आराेपमा केही व्यक्तिहरुलाई सीआईबीले पक्राउ गरेको थियो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया