नेपालका सच्चा हितैसी अमेरिकी पूर्वराष्ट्रपति कार्टर हस्पिस केयरमा

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

नेपाल र नेपालीलाई स्नेह गर्ने अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर हस्पिस केयरमा गएका छन्। जीवनको उत्तरार्द्धमा अस्पतालको सेवा लिन छोडेर शान्त मृत्यु वरण गर्न लिइने यो एक किसिमको ऐच्छिक स्वास्थ्य सेवा हो। उनले यो सेवा लिएर जीवनका अन्तिम दिनहरू घरमै बिताउने निर्णय गरेका छन्।

अमेरिकामा ३९औं राष्ट्रपति कार्टर डेमोक्रेटिक पार्टीबाट १९७७ मा राष्ट्रपति निर्वाचित भएका थिए। १९८१  सम्म एक कार्यकाल राष्ट्रपति रहेका उनी १९८० को चुनावमा रिपब्लिकन प्रत्यासी रोनल्ड रेगनसँग पराजित भए । त्यसपछि उनी कार्टर फाउन्डेसनमार्फत् जीवनभर मानवअधिकार र प्रजातान्त्र स्थापना र सबलिकरणका लागि  लागिरहे। यही कार्यले गर्दा उनी अमेरिकाकै सबैभन्दा प्रतिष्ठित राष्ट्रपतिमध्ये एक भए।

९८ वर्षको जीवन नापिरहेका कार्टर सबैभन्दा बढी बाँचेका अमेरिकी राष्ट्रपति हुन्। गृहराज्य जर्जियाको एक गाउँमा सामान्य जीवन बिताइरहेका कार्टर सादा जीवन उच्च विचारका प्रतीक मानिन्छन्। 

नेपाल र नेपालीलाई स्नेह गर्ने अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर हस्पिस केयरमा गएका छन्। ९८ वर्षीय कार्टरले यो स्वेच्छिक स्वास्थ्य सेवा लिएर जीवनका अन्तिम दिनहरू घरमै बिताउने निर्णय गरेका हुन्।
हामी पनि नेपाल र नेपालीका सच्चा हितैसी कार्टरको बाँकि जीवन शान्त सुखाय होस् भन्ने कामना गर्दछौं।  

कार्टर फाउन्डेसनले २००४ मै नेपालमा कार्टर सेन्टर स्थापना गरी अनवरत रूपमा काम गर्दैआएको छ। यसले नेपाललाई सशस्त्र द्वन्दबाट बाहिर ल्याइ शान्ति स्थापना गर्न र लोकतन्त्र मजबुत बनाउन अहम् योगदान गरेको छ। फाउन्डेसनले नेपालमा सन् २००८ र  सन् २०१३ का  भएका संविधानको सभाको चुनावको पर्यवेक्षण गरेको थियो। सन् २०१३ को चुनाव पर्यवेक्षण गर्न राष्ट्रपति कार्टर आफैं नेपाल पुगेका थिए। त्यतिबेला कार्टर फाउण्डेसनले चुनावी पर्यवेक्षणका लागि ३१ देशका ६६ पर्यवेक्षक पठाएको थियो। उनीहरूले ३१ जिल्लाका ३३६ मतदान केन्द्रमा पर्यवेक्षण गरेका थिए।

यसअघि उनले सन् २००८ को अप्रिल ६ देखि १४ सम्म नेपालको भ्रमण गरेका थिए। त्यसैगरी २००७ को जुन र नोभेम्बरमा पनि नेपालको भ्रमण गरेका थिए। 

यसरी पटक पटक नेपाल भ्रमण गरेर नेपालमा शान्तिबहाली  र लोकतन्त्रलाई मजबुत गर्न योगदान दिएका कार्टर नेपाल र नेपालीका सच्चा हितैसी हुन्। 

कार्टर हस्पिस केयरमा गएपछि अमेरिकी सञ्चार माध्यमहरूमा उनको योगदानका बारेमा स्मरण गर्दै समाचारहरू सम्प्रेषण भएका छन्। अझ सामाजिक सञ्जाल उनको स्मरण र  सुस्वास्थ्यको कामनाले भरिएको छ। यसरी कामना गर्नेमा उनको डेमोक्रेटिक पार्टीका मात्र छैनन् , प्रतिस्पर्धी रिपब्लिकन पार्टीका पनि छन्। धेरैले उनीसँग बिताएका क्षणहरूको स्मरण गर्दै ती हरेक क्षण गौरवपूर्ण रहेको बताएका छन्। अमेरिकी जीवनका विभिन्न पक्षका व्यक्तित्वहरूले उनलाई सम्झेका छन्। 

हामी पनि नेपाल र नेपालीका सच्चा हितैसी कार्टरको बाँकि जीवन शान्त सुखाय होस् भन्ने कामना गर्दछौं।  

प्रकाशित मिति: : 2023-02-21 04:25:00

प्रतिकृया दिनुहोस्