चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ, के भन्छन् मुम्बईका नेपाली ? (भिडियाे)

बुधबार राति ग्यास सिलिण्डर विस्फोट हुँदा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको अवस्था सुध्रिँदै गइरहेकाे छ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।

अस्पताल स्राेतका अनुसार आगोले भण्डारीको शरीरका विभिन्न भाग जलेको छ।

भण्डारीकाे खुट्टामा धेरै जलन भएकाले पहिले खुट्टाको सर्जरी सफलतापूर्वक सम्पन्न भएको छ।

खुट्टामा धेरै जलन भएकाले बाहिरी छाला लिएर उनको खुट्टाको सर्जरी गरिएको अस्पतालमा रहेका योगराज कँडेलले बिएल नेपाली सेवालाई जनाएका छन्।

सांसद भण्डारीको उपचारमा मुख्य सर्जन डा. सुनिल केसवानी रहेका छन्।

हातमा पनि जलन भएको र सर्जनरी गर्ने तयारी गरिएको छ। सांसद भण्डारीको करिब २५ देखि ३० प्रतिशत शरीर आगोले जलेको छ।

डा. भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ।

मुख्य सर्जन डा. सुनिल केसवानीको भनाइअनुसार नेता भण्डारीको दायाँ खुट्टामा ‘डिप इन्जुरी’ रहेका कारण सोचेभन्दा धेरै समय शल्यक्रियामा लागेको, तर खुट्टा सामान्य रहेको उपचार समन्वयमा सँगै रहेका कंडेलले जनाएका छन्।

ग्यास विस्फाेटमा गम्भीर घाइते भएकी भण्डारीकी आमा हरिकलाको बिहीबार नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-02-17 19:55:00

प्रतिकृया दिनुहोस्