कांग्रेसको धूर्तता र माओवादीको मूर्खता

अनलाइनखबर

विष्णु रिजाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै कारणले आफ्नो नेतृत्वको सरकार र प्रकारान्तरले आफ्नो पार्टीमाथि संकट निम्त्याउन खोजिरहेका छन् ।

नेपाली कांग्रेसले अस्वाभाविक रूपमा धोका दिएपछि स्वाभाविक रूपमा बनेको गठबन्धनलाई बलियो बनाएर मुलुकलाई राजनीतिक स्थिरता दिनुपर्नेमा प्रधानमन्त्री दाहालमा आत्मबल कमजोर देखिएको छ । सरकार गठनको निर्णायक घडीमा कांग्रेसले देखाएको चरित्रलाई दुई महिनामै बिर्सेझैं उसैको हित हुने गरी उरालिएको कथित राष्ट्रिय सहमतिको नारा अन्ततः उनलाई नै आत्मघाती हुने निश्चित छ ।

कांग्रेसले सत्ताको महत्व बुझेको छ । १० पुस २०७९ मा देखाउन नमिल्ने शक्तिको भर पर्दा गुमेको सत्ता कसरी फर्काउने भनेर तानाबाना बुनिरहेको कांग्रेसलाई प्रधानमन्त्री दाहालको राष्ट्रिय सहमतिको बेमौसमको रागले त्राण दिएको छ । बिना अर्थ र विना योगदान राष्ट्रपति पाइन्छ भने अरू नै दलले बनाइदिएको सरकारलाई नचाहिएको मत दिन कांग्रेसलाई कुनै घाटा हुने कुरा थिएन ।

प्रकाशित मिति: : 2023-02-17 15:59:00

प्रतिकृया दिनुहोस्