जुम्लामा लागुऔषध सहित एक जना पक्राउ

जुम्लामा लागु ओैषध सहित एक जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा जुम्लाकाे चन्दननाथ-९ उमखोला बस्ने १९ वर्षीय कविन्द्र रावल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले बताए। 

उनले भने, 'उनलाई गोप्य सूचनाको आधारमा चन्दननाथ नगरपालिका-७ बबाट पक्राउ गरिएको हाे।'

उनका अनुसार क १ ज ४८ नं. सुजुकी कम्पनीको खैरो रंगको ईइसियो भ्यानका चालक समेत रहेका उनी शंकास्पद रुपले गाडीभित्र बसिरहेको अवस्थामा सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

प्रहरी सहायक निरिक्षक कुल बहादुर रोकाया सहितको प्रहरी टोलीले चेकजाँच लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ करिब १ सय मिलिग्राम र निजको साथबाट नगद  २६ हजार १ सय रुपैयाँ बरामद गरेको हो।

प्रकाशित मिति: : 2023-02-15 12:41:00

प्रतिकृया दिनुहोस्