दाङमा प्रदेश स्तरीय कृषि प्रदर्शनी हुँदै, तयारी तीव्र

फागुन ३ गतेदेखि १३ गतेसम्म घोराहीमा हुने ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी’ को तयारी तीव्र पारिएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक मूल समितिले जनाएको छ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने मूल नाराका साथ हुने महोत्सवको तयारी तीव्र रुपमा भईरहेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए।

महोत्सव स्थल घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौरामा मञ्च र स्टलहरुको निर्माण कार्य भइरहेको छ। मजगैयाँकाअनुसार ५० प्रतिशत स्टलहरु बुकिङ भइसकेको छ।

प्रकाशित मिति: : 2023-02-10 10:45:00

प्रतिकृया दिनुहोस्