इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

फाइल तस्बिर
फाइल तस्बिर

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन्।

राष्ट्रपति विडोडोले चेतावनी दिदै यदि प्रहरी र सुरक्षाकर्मीको लापरबाहीले डडेलोको जोखिम बढेमा वा नियन्त्ण बाहिर गएमा प्रहरी र सेना प्रमुखहरूलाई बर्खास्त गरिने बताएका छन्।

उनले जामा प्रहरी र सेनाका नेताहरूसँगको संयुक्त बैठकमा भने, 'यदि तपाईंको क्षेत्रमा आगलागी भयो र यसलाई राम्रोसँग सम्हालिएन भने, तपाईंलाई बर्खास्त गरिनेछ।'

मौसम विज्ञान र भूभौतिकी एजेन्सीले सुख्खायाममा यहाँ डडेलोको अत्यन्त जोखिम हुने प्रक्षेपण गरेको छ।  
 

प्रकाशित मिति: : 2023-02-09 13:54:00

प्रतिकृया दिनुहोस्