टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ हजार 

साेमबार टर्कीमा गएकाे शक्तिशाली भूकम्पका कारण हालसम्म करिब १५ हजार मानिसको मृत्यु भएकाे छ।

सिरियासँग सिमाना जाेडिएकाे टर्कीको दक्षिणपूर्वी सहर गाजीयान्टेप केन्द्रबिन्दु भई आएकाे ७.८ रेक्टर स्केलकाे भूकम्पमा परी हालसम्म टर्कीमा करिब १३ हजार र सिरियामा २ हजार जनाकाे मृत्यु भएकाे अन्तरराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेकाे छ। 

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ। यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ।

प्रकाशित मिति: : 2023-02-09 10:12:00

प्रतिकृया दिनुहोस्