बिएल संवाददाता
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल पुग्दै छिन् ।
उनी नेपालको दुईदिने भ्रमणका लागि वासिङ्टन डीसीबाट प्रस्थान गरिसकेको अमेरिकी विदेश विभागका एक अधिकारीले वासिङ्टन डीसीमा ब्रेक एन लिंक्सलाई बताए ।
अधिकारीका अनुसार भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेट्नेछिन् । उनले केही चुनिएका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग भेट्नेछिन् ।
भेटघाटका क्रममा पावरले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने जानकारी दिदै ती अधिकारीले भने, 'नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धीका विषयलाई छलफल हुनेछ ।'
संयुक्त राष्ट्रसंघ (यूएन) का लागि अमेरिकी राजदूत रहिसकेकी पावर बर्तमान बाइडेन प्रशासनमा क्याविनेट स्तरकी अधिकारी हुन् । उनी सन् २०२१ को मे ३ मा यो पदमा नियुक्त भएकी हुन् ।
प्रचण्ड सरकार गठनपछि कुनै पनि देशबाट नेपालमा भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो । अमेरिकी विदेशमन्त्रालयमा राजनीतिक मामिलाकी उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेको एक साता नपुग्दै उनी नेपाल भ्रमणमा निस्केकी हुन् । यसअघि नेपालको भ्रमण गर्ने क्याविनेट स्तरका अधिकारी तत्कालीन विदेशमन्त्री कोलिन पावेल हुन् । उनले सन् सन् २००२ मा नेपालको औपचारिक भ्रमण गरेका थिए ।
यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहेकी समान्था पावर दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छिन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यही उच्च तहको भ्रमण हो । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेको एक साता नपुग्दै उनी नेपाल भ्रमणमा निस्केकी हुन् ।
कुनै समय युद्ध संवाददाता रहेकी आइरिस मूलकी पावर पुलित्जर पुरस्कार विजयी पत्रकार/ लेखक हुन् । अमेरिकी विदेश नीतिमाथि वस्तुनिष्ठ टिप्पणी गर्ने उनी त्यसका लागि कूटनीतिकवृतमा चर्चित छिन् । उनका कतिपय टिप्पणीहरू अमेरिकी विदेश नीतिलाई नै कठघरामा उभ्याउने खालका हुन्छन् ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया