रास्वपाका तीन मन्त्रीकाे राजीनामा स्वीकृत

राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजना मन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

आइतबार दिएको उनीहरुको राजीनामा स्वीकृत भएको र सो मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको पदबाट राजीनामा दिएका थिए।

उनीहरुको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले सोमबार विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार रास्वपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन्। 

प्रकाशित मिति: : 2023-02-06 15:51:00

प्रतिकृया दिनुहोस्