रविले आफू अभिमन्यु किन होइन भने ?

शिलापत्र

काठमाडाैँ

कुरूक्षेत्रको युद्धमा कौरव पक्षले रचेको चक्रव्यूूह अर्थात् षड्यन्त्रलाई चिर्दै कौरव पक्षीय सेनासँग वीरतापूर्वक लड्दालड्दै ज्यान गुमाउने पाण्डव पक्षीय महाभारतका पात्र हुन् – अभिमन्युु ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूू महाभारतका तिनै पात्र अभिमन्युु नभएको बताएका छन् । 

महाभारतको कथाअनुसार अभिमन्यु युद्धमा कौरव पक्षले खडा गरेको चक्रव्यूह तोड्न त जान्दछन् तर त्यसबाट निक्लन नजानेर युद्ध मैदानमा मारिन्छन् । रवि लामिछानेले आफू अभिमन्यु नबन्ने भनिरहँदा उनको बिरुद्धमा कसले चक्रव्यूह रच्यो स्पष्ट पारेका छैनन् ।

सरसर्ती हेर्दा नेपालको संविधान र कानुन नमानेका कारण रवि आफैं समस्यामा परेका हुन् । राजनीतिमा जादुमयी रूपमा उदाएका उनलाई चक्रव्यूहमा तत्कालै पार्न सक्ने तागतत समकालीन कुनै नेतासँग छैन ।

प्रकाशित मिति: : 2023-02-03 18:34:00

प्रतिकृया दिनुहोस्