अमेरिकी राष्ट्रपति बाइडनको घरमा एफबीआईको छापा जारी

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति जो बाइडनको डेलाबरको रेहोबोथस्थित घरमा संघीय अनुसन्धान व्यूरोले छापा मारिरहेको छ । 

यो समाचार लेखिरहेको बेला संघीय अनुसन्धान व्यूरोका अधिकारीहरू उनको घरमा पसेर सरकारी गोप्य कागजातहरूको खोजी गरिरहेका छन् ।

उनीहरूले राष्ट्रपति बाइडनबाट अनुसन्धानलाई पूर्ण सहयोग गरेको बताएका छन् । 

राष्ट्रपति बाइडनले आफ्नो राजनीतिक जीवनमा विभिन्न पदमा रहदा सरकारी गोप्य कागजातहरूको सही प्रयोग नगरेको सम्बन्धमा अनुसन्धान जारी छ ।

राष्ट्रपति बाइडनको निजी कार्यालय र घरमा गोईय कागजातहरू भेटिए पनि अमेरिकी न्यायविभागले तेस्रो पक्षमा एक अनुसन्धान अधिकारी नियुक्त गरी छानबीनलाई अगाडि बढाएको छ ।

यसअघि दुई चरणमा गरिएका छापामा बाइडनको निजी कार्यालय र निबासबाट गोप्य कागजातहरू बरामद भएका छन् ।

यो अनुसन्धानबाट राष्ट्रपति बाइडनको शाख गिरेको छ र उनी अफ्ठ्यारोमा परेको अनुमान गरिएको छ । यद्यपि, उनले अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहने बताउँदै त्यसको निस्कर्षलाई सम्मान गर्ने बताइसकेका छन् ।

अमेरिकामा गोईय कागजातको जथाभावी प्रयोगलाई लिएर अनुसन्धानन भैरहेका उनी एक्लो व्यक्ति हैनन् । पूर्वराष्ट्रपति ट्रम्पबाट सुरू भएको यो अनुसन्धानको श्रृंखलामा उनी जोडिएका हुन् । यो क्रम अरू अगाडि बढेर निवर्तमान उपराष्ट्रपति माइक पेन्ससम्म पुगेको छ ।

यो संयोग मात्र हैन कि यतिबेला अमेरिकाका निवर्तमान राष्ट्रपति र उपराष्ट्रपति अनि बर्तमान राष्ट्रपति नै सरकारी गोप्य कागजातको जथाभावी प्रयोगलाई लिएर अनुसन्धानमा तानिएका छन् ।  

यसरी गोप्य कागजातमाथि छानबिन भैरहेको घटनालाई लिएर आमअमेरिकीले राष्ट्रिय सुरक्षा पद्धति र नेताहरूको नियत र व्यवस्थापनमाथि नै प्रश्न उठाउन थालेका छन् । केहीले यी घटनालाई नियोजित भनेका छन् केहीले अमेरिकी नेताहरूको विश्वसनियतासँग जोड्ने गरेका छन् । उनीहरूको तर्क छ, यी घटनाहरूले अमेरिकी प्रतिष्ठामा चोट पुगेको छ । मानिसहरूले भन्न पाउँनेछन्, अमेरिकामा त यस्तो हुन्छ, हाम्रो के कुरा भयो र ? यस्तो सुन्दा जो कोही अमेरिकीको पनि शीर गर्वले ठाडो हुदैन ।'

प्रकाशित मिति: : 2023-02-01 22:04:00

प्रतिकृया दिनुहोस्