
हेमन्त विवश
हरेक वर्ष माघ १६ गतेका दिन मनाइने शहीद दिवस कैलालीको धनगढीमा पनि मनाइएको छ।
प्रजातन्त्र स्थापना एवं पुनस्थापनाका लागि विभिन्न कालखण्डमा जीवनको आहुति दिने वीर शहीदहरूको सम्झनामा कैलाली जिल्लाको धनगढीस्थित पार्कमोडमा दीप प्रज्वलन गरी कार्यक्रम गरिएको हो।
शहीद दिवसकै अवसरमा धनगढी लेडी जेसिज २०२३ ले शहीदहरूको सम्झनामा अपरान्ह पाँच बजेतिर सडकमा दीप प्रज्ज्वलन गरी कार्यक्रम मनाएको थियो। जेसीआई धनगढी लेडी २०२२ का निवर्तमान अध्यक्ष जेसी सरस्वती खड्काले मैन बत्ती जलाएर कार्यक्रमको समुद्घाटन गरेकी थिइन्। निवर्तमान अध्यक्ष जेसि खड्काका अनुसार १८ देखि ४० वर्ष उमेरका महिलाहरूले मात्र जेसीआइको कार्य समितिमा बस्न मिल्ने र उक्त संस्थाको कार्य समितिको कार्यकाल एक वर्षको रहनुका साथै एक वर्ष एक पद भन्ने नारासहितको प्रावधान रहेको छ।
कार्यक्रममा अध्यक्ष जेसी सरिता साउँदले युवा वर्गमा नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्य गर्दै आइरहेको जेसीआई धनगढीले आफ्ना गतिविधि अगाडी बढाइरहेको कुरा स्मरण गराउनुका साथै वीर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उउनीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको धारणा व्यक्त गरेकी थिइन्।
‘पुरानो संस्कृति उजागर गर्ने र व्यक्तिमा खुम्चिएर रहेको प्रतिभाको प्रस्फुटन गर्ने गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको जेसीआई धनगढीद्वारा आयोजना गरिएको यस कार्यक्रममा प्रजातन्त्र र स्वतन्त्रताका लागि ज्यानको आहुती दिने वीर शहीदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं,’ महासचिव जेसी निर्मला भट्टले भनिन्।
त्यस्तै, कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी र हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत डोटेली कान्छाले शहीदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै आआफ्नो धारण व्यक्त गरेका थिए। उक्त कार्यक्रम जेसी नीता चौधरीको संयोजनमा तय गरिएको थियो।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया