२०० करोड क्लबमा पुगेका बादशाहरू

बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ। 

यससँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन्। शाहरुख एक उदाहरण मात्र हुन्। बलिउडका धेरै कलाकारहरूका फिल्म दुई सय करोड क्लबमा पुगिसकेकाे छ। 

यी हुन् बलिउड अभिनेता जसकाे फिल्म दुई सय करोड क्लबमा पुगिसकेकाे छ।

१. सलमान खान
सलमान खान यो सूचीको पहिलो स्थानमा छन्। उनले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाउने ६ फिल्म दिएका छन्। उनले अभिनय गरेका मध्ये भारत, बजरङी भाईजान, एक था टाईगर, किक, दवाङ ३, सुल्तान रहेका छन्। सलमानले  हालसम्म सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। 

२.आमिर खान
बक्सअफिसमा २०० सय कराेड क्लब पुग्ने अर्का अभिनेता छन्-आमिर खान। आमिरका ४ फिल्म २०० सय कराेड क्लब पुगिसकेका छन्। आमिरले अभिनय गरेका मध्ये थ्री इडिएट्स, पि.के,दंगल, धूम-३ रहेका छन्।

३. शाहरुख खान 
शाहरुख खान यो सूचीको तेस्राे नम्बरमा छन्। शाहरुखले बलिउडमा यस्ता तीन फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाएको छ। जसमा ‘पठान’, ‘चेन्नइ एक्सप्रेस’ र ‘ह्याप्पी न्यू इयर’ छन्।

४. अजय देवगन
अजय देवगन यो सूचीको चाैथाैँ नम्बरमा छन्। अजयले बक्सअफिसमा ३ यस्ता फिल्म दिएका छन्, जसले दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरेको थियो। जसमध्ये दृश्यम- २, तान्झी, गाेलमाल एगेन रहेका छन्।

५. अक्षय कुमार
अक्षय सूचीमा पाँचै नम्बरमा पर्छन्। उनले दुई पटक दुई सय करोड बक्सअफिस कलेक्सन गरेको फिल्म दर्शकलाई दिएका थिए। जसमध्ये हाउसफुल -४, मिसन मंगल रहेकाे छ। 

६. रणवीर सिंह
बक्सअफिसमा २०० सय कराेड क्लब पुग्ने अर्का अभिनेता छन- रणवीर सिंह। उनले अभिनय गरेका दुई फिल्मले बक्सअफिसमा दुई सय करोडको स्वाद चाखिसकेका छन्। जसमा 83,र सिम्बा रहेकाे छ। 

७.रणवीर कपुर
रणवीरले पनि बक्सअफिसमा दुई पटक दुई सय करोडको क्लबमा आफूलाई उभ्याइसकेका छन्।जसमा बह्माशस्त्र र सञ्जु रहेका छन्। 

८. शाहिद कपुर
शाहिद कपुर यस सूचीकाे आठाैँ नम्बरका रहेका छन्। शाहिदले अभिनय गरेका २ फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ बढी कमाई गरिसकेको छ। जसमा कबिर सिंह र  पद्मावत रहेका छन्। 

९. अभिषेक बच्चन
अभिषेक बच्चका पनि दुई फिल्मले बक्सअफिसमा २ सय करोड रुपैयाँ कमाई गरिसकेको छ। जसमध्ये धूम -३ र  हप्पी न्यू इयर रहेका छन्।  

प्रकाशित मिति: : 2023-01-30 13:42:00

प्रतिकृया दिनुहोस्