दश महिनामा म्यान्मारको वैदेशिक व्यापार १८.४७ प्रतिशतले बढ्यो

बिएल संवाददाता

रंगुन, म्यान्मार

गत वर्ष अप्रिलदेखि शुरु भएको आर्थिक वर्ष २०२२/२३ को करिब १० महिनामा म्यान्मारको कुल वस्तु आयात र निर्यात गत वर्षको तुलनामा १८.४७ प्रतिशतले बढेर २७ अर्ब १९ करोड अमेरिकी डलर पुगेको छ। 

शनिबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गत वर्षको अप्रिल १ देखि यस वर्षको जनवरी २० सम्ममा अघिल्लो वर्षको तुलनामा निर्यात १४.२५ प्रतिशतले बढेर १३ अर्ब ३६ करोड डलर पुगेको छ भने आयात २२.८५ प्रतिशतले बढेर १३ अर्ब ८२ करोड डलर पुगेको छ।

यस अवधिमा देशको कुल व्यापारको ७६.०४ प्रतिशत समुद्री मार्गबाट र २३.९६ प्रतिशत स्थल मार्गबाट भएको छ ।

दक्षिणपूर्वी एसियाली देशले प्राय: आफ्नो विदेशी व्यापार समुद्री मार्गबाट गर्ने गर्छ । यसले चीन, थाइल्याण्ड, बङ्गलादेश र भारतसँग सीमा व्यापार गर्दछ।

देशले कृषिजन्य वस्तु, पशुजन्य उत्पादन, मत्स्यपालन, खनिज तथा वनजन्य उत्पादन, उत्पादनजन्य वस्तुहरू र अन्य निर्यात गर्छ भने पुँजी आयात गर्छ।

प्रकाशित मिति: : 2023-01-29 08:10:00

प्रतिकृया दिनुहोस्