अन्नपूर्ण पोष्ट
रवि लामिछानेले अमेरिकी नागरिक भएकै बेला नेपाली राहदानी (पासपोर्ट) लिएका थिए। अब त्यो राहदानी के हुन्छ ? राहदानी दिने माथि कारबाही हुन्छ कि हुँदैन ? गम्भीर प्रश्न खडा भएका छन्। नेपालको कानुनले विदेशीलाई राहदानी दिन मिल्छ ? कानुनले भन्छ– मिल्दैन। झुटा विवरण पेस गरी कसैले राहदानी लिए सजाय हुने व्यवस्था छ।
राहदानी ऐन २०७६ को दफा २२ को उपदफा १ मा झुटा विवरण पेस गरेर राहदानी लिएमा दुई लाखदेखि पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। ऐनको दफा ३२ मा असल नियतले गरेको कामको सम्बन्धमा कर्मचारी व्यक्तिगत रूपमा उत्तरदायी नहुने उल्लेख छ। तर, लापरबाहीपूर्वक गरेको कामबाट उत्पन्न परिणामको सम्बन्धमा भने कर्मचारीमाथि पनि कानुनी कारबाही गर्न बाधा पुगेको नमानिने’ ऐनमा व्यवस्था छ।
अमेरिकी नागरिक भएकै बेला नेपाली राहदानी लिएकाले लामिछानेमाथि कारबाही हुनुपर्ने कानुन व्यवसायीहरू बताउँछन्। अधिवक्ता वासुदेव ज्ञवाली नेपालको प्रशासनलाई गुमराहका राखी झुटा विवरण पेस गरेर नेपाली राहदानी लिएकोले लामिछाने कारबाहीको भागीदार हुने बताउँछन्। ‘झुटा विवरण पेस गरेर राहदानी लिएकोमा उनी कारबाहीको भागीदार हुन्छन्,’ ज्ञवाली भन्छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया