अन्नपूर्ण पोष्ट
रवि लामिछानेले अमेरिकी नागरिक भएकै बेला नेपाली राहदानी (पासपोर्ट) लिएका थिए। अब त्यो राहदानी के हुन्छ ? राहदानी दिने माथि कारबाही हुन्छ कि हुँदैन ? गम्भीर प्रश्न खडा भएका छन्। नेपालको कानुनले विदेशीलाई राहदानी दिन मिल्छ ? कानुनले भन्छ– मिल्दैन। झुटा विवरण पेस गरी कसैले राहदानी लिए सजाय हुने व्यवस्था छ।
राहदानी ऐन २०७६ को दफा २२ को उपदफा १ मा झुटा विवरण पेस गरेर राहदानी लिएमा दुई लाखदेखि पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। ऐनको दफा ३२ मा असल नियतले गरेको कामको सम्बन्धमा कर्मचारी व्यक्तिगत रूपमा उत्तरदायी नहुने उल्लेख छ। तर, लापरबाहीपूर्वक गरेको कामबाट उत्पन्न परिणामको सम्बन्धमा भने कर्मचारीमाथि पनि कानुनी कारबाही गर्न बाधा पुगेको नमानिने’ ऐनमा व्यवस्था छ।
अमेरिकी नागरिक भएकै बेला नेपाली राहदानी लिएकाले लामिछानेमाथि कारबाही हुनुपर्ने कानुन व्यवसायीहरू बताउँछन्। अधिवक्ता वासुदेव ज्ञवाली नेपालको प्रशासनलाई गुमराहका राखी झुटा विवरण पेस गरेर नेपाली राहदानी लिएकोले लामिछाने कारबाहीको भागीदार हुने बताउँछन्। ‘झुटा विवरण पेस गरेर राहदानी लिएकोमा उनी कारबाहीको भागीदार हुन्छन्,’ ज्ञवाली भन्छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया