बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ।
पार्टीका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले आज साँझ एक विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
प्रवक्ता डा ढकालले विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको बताए।
सर्वोच्च अदालतले आज सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको विषयमा फैसला गर्दै सांसद पद नरहने निर्णय गरेको थियो।
रास्वपाले पार्टीका लागि चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमता साथ प्रस्तुत हुन अनुरोध गरे।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया