बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ।
पार्टीका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले आज साँझ एक विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णय बमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
प्रवक्ता डा ढकालले विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको बताए।
सर्वोच्च अदालतले आज सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्धाको विषयमा फैसला गर्दै सांसद पद नरहने निर्णय गरेको थियो।
रास्वपाले पार्टीका लागि चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमता साथ प्रस्तुत हुन अनुरोध गरे।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया