बिएल संवाददाता
ई-सेवाको कर्मचारी हुँ भन्दै १६ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंमा बस्दै आएका रौतहट जिल्लाको माधव नारायण नागरिपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय शुभम साह रहेका छन्।
उनले ई-सेवा कार्यालयको म्यानेजर हुँ भन्दै ३३ जना व्यक्तिबाट १६ लाख १३ हजार २ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले जनाएको छ।
साहले विभिन्न ३३ जना व्यक्तिको इसेवा खातामा आइडीमा पहुँच पुर्याएर उनीहरुको खाताबाट आफ्नो खातामा पैसा ट्रान्सफर गरेको प्रहरी परिसर टेकुले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।
प्रहरीले पक्राउ परेका साहले अवैध रुपमा अरुको खाताबाट आफ्नो खातामा पैसा ट्रान्सफर गरेको बैंकको सीसीटीभी फुटेज, विभिन्न मोबाइल नम्बरलगायत प्रमाणहरु पनि भेटिएको जनाएको छ। साहमाथि अनुसन्धान भइरहेको छ।

कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया