बिएल संवाददाता
ई-सेवाको कर्मचारी हुँ भन्दै १६ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंमा बस्दै आएका रौतहट जिल्लाको माधव नारायण नागरिपालिका वडा नम्बर २ बस्ने १९ वर्षीय शुभम साह रहेका छन्।
उनले ई-सेवा कार्यालयको म्यानेजर हुँ भन्दै ३३ जना व्यक्तिबाट १६ लाख १३ हजार २ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले जनाएको छ।
साहले विभिन्न ३३ जना व्यक्तिको इसेवा खातामा आइडीमा पहुँच पुर्याएर उनीहरुको खाताबाट आफ्नो खातामा पैसा ट्रान्सफर गरेको प्रहरी परिसर टेकुले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।
प्रहरीले पक्राउ परेका साहले अवैध रुपमा अरुको खाताबाट आफ्नो खातामा पैसा ट्रान्सफर गरेको बैंकको सीसीटीभी फुटेज, विभिन्न मोबाइल नम्बरलगायत प्रमाणहरु पनि भेटिएको जनाएको छ। साहमाथि अनुसन्धान भइरहेको छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया