बिएल संवाददाता
राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत रूकुम जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ। तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो।
आर्थिक वर्ष २०७२/७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ। कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएपछि उक्त खण्डको काम अलपत्र अवस्थामा पुगेको हो।
कालोपत्रका लागि ठेक्का पाएको निर्माण व्यवसाय डेढ वर्षदेखि सम्पर्कविहीन बन्दा यस खण्डको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जीनियर हुमनाथ पौडेलले जानकारी दिए। यस खण्डमा कालोपत्रका लागि रु ३८ करोड हाराहारीमा बजेट विनियोजन गरिएको थियो।
उक्त बजेटबाट हाल रु ३० करोड हाराहारी काम भएको पौडेलको भनाइ छ। रु ३० करोड बजेट खर्च हुँदा ८२ प्रतिशत काम भएको इञ्जीनियर पौडेलले बताए। कालोपत्रका लागि ग्राभेल, नाली कटिङ, ग्यावियन तथा जाली हाल्ने काम अन्तिम चरणमा रहेको उनले बताए।
कामको जिम्मा पाएको ठेकेदार सम्पर्कविहीन भएपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखले ठेक्का तोड्न सूचना प्रकाशन गरेको थियो। उक्त सूचना प्रकाशन भएपछि सिद्धिशाहीका ठेक्का साझेदारी निर्माण व्यवसाय खिन्टी महादेव कन्स्ट्रक्सन सम्पर्कमा आएको इञ्जीनियर पौडेलले जानकारी दिए।
समयमै काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा तीनपटकसम्म म्याद थप गरिसकिएको छ। अहिले चौथोपटक आउँदो असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ।
काम अलपत्रमा पारी काम गर्न जिम्मा पाएको निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि खिन्टी महादेव कन्स्ट्रक्सन काम गर्न सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए।
खिन्टी महादेव कन्स्ट्रक्सनलाई स्थानीयवासीले तत्कालै काम नगर्न अनुरोध गरेका थिए। यसअघि काम गरेका मजदुरलाई सिद्धिशाहीले ज्यालासमेत नदिएको स्थानीय मजदुरले बताएका छन्। मजदुरले काम गरेवापतको पैसा नपाउनु दुःखद् भएको प्रजिअ सुनुवारले बताए।
मध्यपहाडी राजमार्गको रुकुमपूर्व खण्डको अधिकांश क्षेत्रमा कालोपत्र भइसकेको छ। पातीहाल्ने–लुकुम खण्डमा कालोपत्र नहुँदा खोलाको पानीले सडक चिराचिरा पारेर यातायातका साधनलाई आवागमनमा असहज भइरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया