माओवादी स्थायी समिति बैठक जारी, राष्ट्रपतिको निर्वाचनबारे छलफल

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘पछिल्लो समसामयिक विषयमा सङ्क्षिप्त लिखित प्रतिवेदन’ माथि छलफल भइरहेको बताइएकाे छ।

बिहीबारदेखि सुरु भएको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले प्रतिवेदन पेस गरेका थिए। आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ।

बिहीबारको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको थियो। बैठकमा अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा गठन भएको गठबन्धन, सरकारको गतिविधिबारे ब्रिफिङ गरेका थिए।

प्रकाशित मिति: : 2023-01-27 12:24:00

प्रतिकृया दिनुहोस्