काठमाडौँ शिक्षालयमा मनाइयो सरस्वती पूजा (तस्बिरसहित)

शनि शाक्य

काठमाडौं

काठमाडौंस्थित मध्यबानेश्वरको काठमाडौँ शिक्षालयमा सरस्वती पूजा मनाइएको छ।

बिहिबार बिहान सरस्वती माततलाई पुजेर सरस्वती पूजा मनाइएको हो। शिक्षालयअन्तर्गत टर्चवुड किड्स भिला र कलंकीको वन्डरल्यान्ड किन्डरगार्डेनमा पनि सरस्वतीको पूजा गरिएको थियो।

उक्त अवसरमा विद्यार्थीहरूले आफ्ना उत्कृष्ट नृत्य, गायन कलाहरू प्रर्दशन समेत गरेका थिए।

त्यसैगरी काठमाडौँ शिक्षालयले विद्यार्थीहरूको अध्ययनमा मात्र केन्द्रित नभई उनीहरूको सर्वाङ्गीण विकासको लागि उपयोगी हुने विभिन्न क्षेत्रमा अग्रसर भई प्रतिभा प्रष्फुटनमा समेत निरन्तर लागिरहेको विद्यालयका अध्यक्ष श्री प्रकाशराज पाण्डेले बताएका थिए।  

प्रकाशित मिति: : 2023-01-26 20:42:00

प्रतिकृया दिनुहोस्