डा. प्रदीप भट्टराई
अमेरिकी बर्तमान राष्ट्रपति जो बाइडन र निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका घरमा गोप्य कागजात फेला परेपछि छानबिन चलिरहेकै बेला ट्रम्पका उपराष्ट्रपति माइक पेन्सका घरमा पनि गोप्य कागजात भेटिएका छन् ।
अझ पेन्सका घरमा त बाइडन उपराष्ट्रपतिभएको बेलाका गोप्य कागजात भेटिएको बताइएको छ ।
पेन्सको इण्डियानास्थित घरमा भेटिएका गोप्य कागजातका बारेमा उनका सहयोगीहरूले आफै जानकारी दिएर संघीय अनुसन्धान व्यूरो (एफबीआई) लाई बुझाइदिएकाले उनीमाथि भने छानबिन अधिकारी नियुक्त गरिएको छैन ।
भेटिएका कागजात गोप्य हुन कि हैनन् भनेर एफबीआई अधिकारीहरूले छानबीन गरिरहेको बताइएको छ ।
एकपछि अर्को गरेर गोप्य कागजातहरू भेटिएपछि एक नेताले अर्को नेताको भन्दा आफ्नो परिस्थिति र कागजात भिन्न भएको बताएका छन् । राष्ट्रपति बाइडनले गोप्य कागजातहरूको बारेमा आफै जानकारी दिएको र यी कागजातहरू गलत मनसायले आफ्नो निजी कार्यालय र निबासमा नपुगेको भन्दै आफ्नो बचाउ गरेका छन् । उनले राष्ट्रपति ट्रम्पले त आफूलाई फाइदा हुने किसिमले लगेर लुकाएको आरोप लगाएका छन् ।
अमेरिकी बर्तमान र निवर्तमान राष्ट्रपतिका निजी कार्यालय र घरमा भेटिएका गोप्य कागजातमाथि छानबिन चलिरहेकै बेला ट्रम्पका उपराष्ट्रपति पेन्सका घरमा पनि गोप्य कागजात भेटिएका छन् । श्रृंखलावद्ध यी घटनालाई लिएर ह्ववाइटहाउसको नियत र विश्वसनियतामाथि प्रश्न उठेका छन् ।
उता, माइक पेन्सले भने केही बोलेका छैनन् । निस्पक्ष छानबिन होस् भन्दै उनले छानबीनलाई पूर्ण रूपमा सघाउने बताएका छन् ।
तर, ट्रम्पले भने ती कागजातहरू गोप्य नभएको भन्दै अदालतमा ुमद्दा मात्र हालेका छैनन्, अनुसन्धानलाई सघाइरहेका पनि छैनन् । उनले उल्टै राष्ट्रपति बाइडन बहालवाला राष्ट्रपति भएकाले उनी नैतिक रूपमा पनि ह्वाइट हाउसमा रहन योग्य नभएको टिप्पणी गरेका छन् ।
यसरी गोप्य कागजात भेटाइएका नेताहरूले आआफ्ना तर्क राखेर एकले अर्कालाई धारेहात लगाइरहेको बेला आमअमेरिकीले भने राष्ट्रिय सुरक्षा पद्धति र नेताहरूको नियत र व्यवस्थापनमाथि नै प्रश्न उठाउन थालेका छन् । केहीले यी घटनालाई नियोजित भनेका छन् केहीले अमेरिकी नेताहरूको विश्वसनियतासँग जोड्ने गरेका छन् । उनीहरूको तर्क छ, यी घटनाहरूले अमेरिकी प्रतिष्ठामा चोट पुगेको छ । मानिसहरूले भन्न पाउँनेछन्, अमेरिकामा त यस्तो हुन्छ, हाम्रो के कुरा भयो र ? यस्तो सुन्दा जो कोही अमेरिकीको पनि शीर गर्वले ठाडो हुदैन ।'
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया