माेगानले भेट्याे पर्यटन र सञ्चार मन्त्री, पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान गर्न आग्रह

पर्वतीय पथ प्रदर्शक संघ, नेपाल(माेगान)ले संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेटवार्ता गरेकाे छ।

माेगानले नवनियुक्त पर्यटन मन्त्री किराती तथा सञ्चार मन्त्री शर्मालाई बधाई तथा सफल कार्यकालकाे शुभकामना दिँदै पर्वतीय पर्यटन क्षेत्रमा रहेका समस्या समाधानकाे लागि पहल गरेकाे छ।

‘हामीले नवनियुक्त मन्त्रीज्यूहरुलाई भेटाैँ। उहाँहरुलाई हाम्रा समस्याहरुबारे पनि जानकारी गराइयाे। आशा छ, नयाँ मन्त्रीज्यूहरुले हामीसँग सहकार्य गरेर नेपालकाे पर्यटन विकासमा सकारात्मक काम गर्नुहुनेछ,’ माेगानका अध्यक्ष सञ्जीव गुरुङले भने।

पर्यटनमन्त्री किरातीले माेगानसँग थप छलफल र सहकार्य गरी पर्वतीय पर्यटन क्षेत्र र साे क्षेत्रमा कार्यरत पथ प्रदर्शकहरुकाे समस्या समाधानकाे लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेकाे अध्यक्ष गुरुङले बताए।

उनले सम्पूर्ण पर्वतीय पथ प्रदर्शकहरुलाई परिचयपत्रकाे व्यवस्था गर्नुपर्ने, पर्यटकहरुकाे सुरक्षाकाे लागि एकल पदयात्रा अनुमतिपत्र बन्द गरी सामूहिक पदयात्रा अनुमतिपत्र वितरण गर्नु पर्ने, सफा हिमाल अभियानमार्फत काेराेना महामारीबाट प्रभावित पर्यटन मजदुरहरुलाई राेजगारी प्रदान गर्नुपर्ने, पर्यटन क्षेत्रका प्रतिष्ठानहरुमार्फत् पर्यटन श्रमिकहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुने व्यवस्था कार्यान्वयन गर्नुपर्ने, पर्वतीय पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुकाे दुर्घटना हुँदा उद्दारकाे सही व्यवस्थापन गर्नु पर्ने, राष्ट्रिय निकुञ्जलगायत क्षेत्रमा काम गर्न जाँदा शुल्क तिर्नुपर्ने व्यवस्था हटाउनुपर्नेलगात समस्या समाधानकाे लागि पहल गरिएकाे बताए।

त्यस्तै सञ्चारमन्त्री शर्मालाई भेटेर हिमाली पर्यटकीय क्षेत्रमा रहेका सञ्चारसम्बन्धी समस्या समाधानकाे लागि कार्य गर्न अनुराेध गरेकाे अध्यक्ष गुरुङले बताए।

‘हामीले आजै सञ्चारमन्त्रीज्यूसँग पनि भेट गरेका छाैँ। हिमालय पर्यटन क्षेत्रहरुमा सञ्चारका समस्या हामीले भाेग्दै आएका छाैँ। त्यहाँ नेपाल टेलिकमका टावरहरु निर्माण गरेर सहज वातावरण बनाइदिन आग्रह गरेका छाैँ,’ अध्यक्ष गुरुङले भने।

भेटवार्तामा कीर्तिमानी सगरमाथा आराेही कामीरिता शेर्पा, विश्वका १४ अग्ला हिमालकाे दाेहाेराे आराेहरण गरेर विश्व कीर्तिमान कायम गरेका सानु शेर्पा, माेगानका काेषाध्यक्ष लालबहादुर बाइवा, महासचिव रामकाजी तिवारी (प्रयास) र रमेश राईलगायत सहभागी थिए।

प्रकाशित मिति: : 2023-01-20 18:32:00

प्रतिकृया दिनुहोस्