लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले पाए विश्वासकाे मत 

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्।

बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलाे अधिवेशनकाे चौँथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलका ५७ सांसदकाे मत पाए।

मुख्यमन्त्रीका लागि ४४ मत हावश्यक पर्छ। गिरीकाे पक्षमा ५७ मत पर्दा विपक्षमा २८ मत परेकाे सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए।

एमालेका नेता गिरीले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका  र २ जना स्वतन्त्र सांसदमा मत पाएका हुन्। विपक्षमा नेपाली कांग्रेस र जनमोर्चाले मत दिएका हुन्।

मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन्।

प्रकाशित मिति: : 2023-01-19 16:22:00

प्रतिकृया दिनुहोस्