लुम्बिनी प्रदेशको सभामुख तथा उपसभामुखका लागि सत्ता गठबन्धनले उम्मेदवार टुंगाे लगाएकाे छ।
जसअनुसार सभामुखमा माओवादी केन्द्रबाट पाल्पा २ (२) बाट निर्वाचित तुलाराम घर्ती र उपसभामुखमा राप्रपाबाट गुल्मीकी समानुपातिक सांसद मेनुका खाँड उम्मेदवार बनेका छन्। सभामुख र उपसभामुखका लागि भाेलि मंगलबार निर्वाचन हुँदैछ।
८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनमा ५८ सांसदहरूको समर्थन रहेको छ। नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३–३ र दुई स्वतन्त्र सांसदहरूले सरकारलाई समर्थन गरेका छन्।
प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन्। सत्ता पक्षसँग स्पष्ट बहुमत भएकाले नेपाली कांग्रेसले अन्तिम समयसम्म पनि उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।
नेपाली कांग्रेस प्रदेश अन्तिम समयसम्म पनि दलहरुबीच सहमतिको प्रयास भइरहेको बताएको छ।