प्रदेश १ को उपसभामुखका लागि आज निर्वाचन हुँदै

File Photo
File Photo

प्रदेश १ को उपसभामुखका लागि आज निर्वाचन हुने भएको छ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा उपसभामुख चयन गर्ने गरी प्रदेशसभा सचिवालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

सत्ता गठबन्धनको भागबन्डा अनुसार प्रदेश १ को उपसभामुख एमालेको भागमा छ। प्रदेशको सभामुखमा यसअघि माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्।

उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार र नेपाली कांग्रेसकी लिलाकुमारी राईले उम्मेदवारी दर्ता गराएका छन्।

दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश संसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेका छन् भने राईको प्रस्तावकमा कांग्रेसकी खगेश्वरी पौडेल र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की विद्या चाम्लिङ राई रहेका छन्। दुवै जना उदयपुरबाट समानुपातिक संसद हुन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४७ संसद आवश्यक पर्छ। हाल कायम रहेको एमाले गठबन्धनमा ६० संसद छन्। एमाले ४०, माओवादी केन्द्र १३, राप्रपा ६ र जसपाका १ संसद छन्।

प्रदेशसभाका कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ संसद छन्। यसअघि नेकपा नेकपा माओवादी केन्द्रकी सरस्वती पोखरेल प्रदेशसभाको पहिलो उपसभामुख थिइन्।

प्रकाशित मिति: : 2023-01-14 10:30:00

प्रतिकृया दिनुहोस्