सबै निकायसँग मिलेर सडक चिटिक्क बनाउँछु: नारायणकाजी श्रेष्ठ (भिडियाे)

शनि शाक्य

काठमाडौं
File photo
File photo

भाैतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सबै निकायसँग काठमाडाैँका सडकमा देखिएका समस्या समाधानकाे लागि सबै निकायसँग मिलेर प्रभावकारी ढङ्गले काम गर्ने बताएका छन्।

मन्त्रालय सम्हालेकाे केही दिनमा नै शुक्रबार काठमाडाैँका विभिन्न क्षेत्रमा सडक अनुगमनका क्रममा मन्त्री श्रेष्ठले साेही कुरा बताएका हुन्।

‘अहिले सडक अवस्थाकाे कारण सवरी चालक, पैदलयात्री र सडक नजिकका घरहरुमा परेकाे असरप्रति म क्षमाप्रर्थी छु,’ मन्त्री श्रेष्ठले भने,‘राज्यका निकायले नै समन्वयकारी तरिकाले काम नगर्दा नै यस्ताे अवस्था सिर्जना भएकाे हाे। त्यसैले यसलाई हामी प्रभावकारी ढङ्गले अगाडि लैजान्छाैँ।’

उनले नेपाल विद्युत प्राधिकारण, मेलम्ची खानेपाली परियाेजना, नेपाल दूरसञ्चारलगायत निकायले समन्वयकारी भूमिकाले काम नगर्दा यस्ताे समस्या भएकाे बताए। ती सबै निकायसँग छलफल गरी सकारात्मक तरिकाले काम गर्ने मन्त्री श्रेष्ठले दाबी  गरे।

मन्त्री श्रेष्ठले समन्वयकारी भूमिका निर्वाह नगर्ने निकायलाई कारबाही गर्ने बताए।

प्रकाशित मिति: : 2023-01-13 13:31:00

प्रतिकृया दिनुहोस्