मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदै

File Photo
File Photo

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

४ दलको समर्थनमा गत पुस २४ गते नेकपा एमालेका संसदीय दल नेतासमेत रहेका कार्की प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए।

नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८(४) तथा प्रदेशसभा नियमावलीको नियम १२८ (१) र (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजानत्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) ले उनलाई मुख्यमन्त्री बनाउन समर्थन गरेका थिए।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद चाहिन्छ। कार्की ६० जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका हुन्। उनलाई एमालेका ४०, माओवादीका १३ राप्रपाका ६ र जसपाका १ जना सांसदको समर्थन रहेको छ।

प्रदेशसभाको प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने उनलाई विश्वासको मत नदिने भएका छन्। प्रदेशसभामा कांग्रेसका २९ र नेकपा एसका ४ संसद छन्।

प्रकाशित मिति: : 2023-01-13 10:19:00

प्रतिकृया दिनुहोस्