संसद सेटिङमा चलेको केदार कार्कीको आरोप

नेपाली कांग्रेसका नेता तथा प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्कीले संसद सेटिङमा चलेको आरोप लगाएका छन्।

बिहीबार प्रदेशसभामा पत्रकार सम्मेलन गर्दै कार्कीले संसदीय प्रक्रिया र मर्यादा मिचेर संसद चलाइएको आरोप लगाए।

प्रदेशसभा सुरु भएको समयबाट नै संसदमा रहेका दलका नेतालाई बोल्न दिने परम्परा एमालेको सहमतिमा प्रदेश सचिवले तोडेको उनले बताए। संसद चलाउने विषयमा छलफल नभएको र एकलौटी गर्न खोजिएको उनको आरोप छ।

'संसदको यो दोस्रो कार्यकाल सुरु भइसकेपछि अझ राम्रो हुनु पर्नेमा संसद नियमावलीको धज्जी उडाएर सेटिङ गरियो,' उनले भने, 'नियमावलीमा भएको व्यवस्था विपरीत २५ गते सदन चलाइएको छ।'

आज बसेको प्रदेशसभाको तेस्रो बैठकमा आफुलाइ बोल्न नदिएको बताउँदै उनले भने प्रदेशसभाका सचिव गोपालप्रसाल पराजुलीको सेटिङमा काम गरेको आरोप लगाए। मुख्यमन्त्रीको छायाँमा पराजुलीले काम गरेको उनले आरोप लगाएका छन्।

सर्वदलीय बैठक गरेर काम गरिएको भए पनि त्यहाँ आफ्नो दलको नेताको समेत संग्लनता रहेको उनले बताए। गलत भइरहे सबै संसद मिलेर प्रतिवाद गर्ने बताउदै उनले भने, 'आफ्नै दलका नेताले गल्ती गरेर सहमति जनाए पनि म बोलिरहन्छु।'

प्रकाशित मिति: : 2023-01-12 12:33:00

प्रतिकृया दिनुहोस्