सुन्दर देखिने सबैकाे चाहाना हुन्छ। सुन्दर देखिन सबैले विभिन्न प्रकारका क्रिम प्रयाेग गर्ने गरेका छाैँ। तर क्रिम प्रयाेग गर्नु अघि छालालाई घामबाट जाेगाइराख्न सनस्क्रिनकाे प्रयाेग गर्नुपर्छ।
तपाईं सनस्क्रिनकाे प्रयाेग बिना घाममा निस्कनुभएमा छाला डढेर कालो हुने सम्भावना रहन्छ। त्यसैले छालालाई घामबाट जाेगाइराख्न घरमा बस्दाँ समेत सनस्क्रिनकाे प्रयाेग गर्नु जरूरी छ।
सनस्क्रिनले सूर्यको परावैगनी किरणबाट जोगाउँछ भने तपाईंको छालालाई लामो समयसम्म ओसिलो (मोइस्चराइज) अवस्थामा राख्छ। साथै यसले तपाईंको छालाको कोलाजेनलाई जोगाउने र एलर्जीको जोखिम कम गर्छ।
सनस्क्रिनकाे प्रयाेग गर्दा एसपीएफ अनुसारकाे प्रयाेग गर्नुपर्ने हुन्छ। एसपीएफले तपाईंको छालालाई सूर्यको किरणबाट जोगाउन मद्दत गर्छ। सामान्यतया सनस्क्रिनले हाम्रो छालालाई अधिकतम ४ देखि ५ घण्टासम्म सुरक्षा दिन्छ। त्योभन्दा बढीको लागि हामीले यसलाई पुनः प्रयोग गर्नुपर्छ। कडा घामबाट जोगाउन कम्तीमा ३० वा ५० एसपीएफ भएको सनस्क्रिनले मात्र काम गर्छ।
बिहानको सूर्यको किरण स्वास्थ्यका लागि उपयोगी मानिन्छ। बिहान ७ बजेदेखि ९ बजेसम्मको सूर्यको किरणले शरीरमा भिटामिन ‘डी’ उत्पादन गर्न मद्दत गर्छ। बिहान १० बजेपछि सूर्यको किरण स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यो बेलादेखि सूर्यले अल्ट्राभायलेट रे (परावैंजनी विकिरण) निकाल्न थाल्छ।
यसले मेलोनोमा र नन मेलानोमाजस्ता छालाको क्यान्सर, कम उमेरमा नै बुढ्यौली, मोतिविन्दुलगायत आँखासम्बन्धी समस्या र छालाको प्रतिरक्षा प्रणाली कमजोरलगायतका विभिन्न जोखिम बढाउँछ। परावैंजनी विकिरणको सबैभन्दा ठूलो स्रोत सूर्य हो। परावैंजनी विकिरण सूर्यको किरणहरूमार्फत् पृथ्वीमा यात्रा गर्दछ।
त्यसैले अत्यधिक घाममा हिड्ने, काम गर्ने वा रहनुपर्नेे (एक्सपोजर) हुने व्यक्तिले आवश्यकता अनुसार, ३०, ५० र १०० एसपिएफ (सन प्रोटेक्शन फ्याक्टर) सनस्क्रिन लगाउनु राम्रो हुन्छ। गर्मीमा टेनिङ (घामको जलन) बाट बच्न सनस्क्रिन प्रयोग गर्नुपर्छ। तर सही एसपीएफ छनौट गर्न जरूरी हुन्छ।
तर सनस्क्रिन प्रयोगमा लापरवाही गर्नु हुँदैन। शरीरको जुनसुकै भागको बाहिरी सतहमा यसलाई हल्का लगाउँदा छालाको राम्रो सुरक्षा हुने र छालाजन्य रोगलाई कम गर्न प्रभावकारी हुनेगर्छ। एसपीएफ १५ भएको सनस्क्रिनले छालालाई ९३ प्रतिशतसम्म यूभी किरणबाट जोगाउँछ।
त्यस्तै ३० एसपिएफ सनस्क्रिनले ९७ प्रतिशत, ५० एसपीएफ भएको सनस्क्रिनले ९८ र १०० एसपीएफ भएको सनस्क्रिनले ९९ प्रतिशतसम्म छालालाई सूर्यको परावैंजनी किरणबाट जोगाउँछ। त्यसैले तपाईंको उपयोगिता अनुसार सनस्क्रिन छनोट गर्नुहोस्। ३० एसपिएफ भएको सनस्क्रिन सबै उमेर र छालाका प्रकारका लागि पनि उपयुक्त मानिन्छ।
दिनमा एकपटक मात्रै सनस्क्रिन लगाउनु पर्याप्त हुन्छ भनी कतिपयलाई लाग्छ। तर, पटक्कै त्यस्तो होइन। धेरै कडा घाममा सनस्क्रिन छोटो समयमा प्रभावहीन हुन थाल्छ। तसर्थ, यदि तपाईं लामो समयसम्म घर बाहिर हुनुहुन्छ भने, निश्चित रूपमा प्रत्येक २– ३ घण्टामा सनस्क्रिन लगाउनुहोस्।
– एजेन्सीकाे सहयाेगमा