लुम्बिनी प्रदेशले आज (बुधबार) तेस्रो नयाँ मुख्यमन्त्री पाउँदैछ। मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्दैछन्।
प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन्। सोही समयाअवधि भित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टीलगायत ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताए।
गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन। २०७४ को पहिलो प्रदेशसभा चुनाव पछि एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री भएका थिए। करिब दुई वर्षपछि उनको सरकार ढाल्दै माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)२८ साउन २०७८ मा मुख्यमन्त्री भएका थिए।
अघिल्लो पाँचवर्षे कार्यकालमा सरकार केन्द्रको समिकरण अनुसार पोखरेलको सरकार ढलेपछि केसी आएका थिए। अहिलको पाँच वर्षे कार्यकाल भने एमाले र माओवादीले आधा-आधा गर्ने सहमति भएको छ।
लुम्बिनीमा गिरीले दुई वर्षपछि मुख्मन्त्री छाड्ने र त्यसपछि माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहालुर महरा मुख्यमन्त्री बन्ने सहमति भएको छ। हिजो (मंगलबार) मुख्यमन्त्रीको दाबी पेस गरिने भनिए पनि मुख्यमन्त्रीका लागि आधाआधा कार्यकालको सहमति हुनु पर्ने माओवादीको अडान पछि दाबी पेस हुन सकेको थिएन।
लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक्ता पर्छ। सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुँदैछन्।