प्रियंका चोपडासँग विवाह गर्न चाहन्थे, शाहरुख खान ! 

बलिउडकी चर्चित अभिनेत्रीमध्येकी एक हुन्, प्रियंका चोपडा। हाल उनी आफ्नो वैवाहिक जीवनमा खुसी छिन्। तर बलिउड इन्डस्ट्रीमा रहँदा उनको अफेयरको चर्चा चलिरहन्थ्यो। 

उनको नाम किङ खान अर्थात शाहरुख खानसँग जोडिएको थियो। शाहरुख खान र गौरी खान बलिउडका चर्चित जोडीमध्येका एक हुन्। शाहरुख खान र गौरीबीच धेरै प्रेम छ। तर कुनै समय यस्तो पनि थियो, प्रियंकाको कारण उनीहरु सम्बन्ध टुट्नै लागेको थियो। 

एक समय प्रियंका र शाहरुखबीचको नजिकिनाले गौरीको घरमा उथल–पुथल नै भएको थियो। उनीहरुबीच भएको अफेसरको खबर अनुसार प्रियंका र शाहरुखले लुकेरै विवाह गरेका थिए। तर गौरीले ती सबै अफवाहलाई अस्वीकार गरिन्। 

उनीहरुबीच अफेयरको सुरुवात तबदेखि भयो, जब शाहरुखको जीवनमा प्रियंकाको महत्व बढ्न थाल्यो। हिरोइनहरुमध्ये उनको पहिलो रोजाईं नै प्रियंका हन्थिन्। जुन कुरालाई गौरी पेशाको रुपमा लिने गर्थिन्। 

गौरीका साथीहरुले समेत शाहरुख र प्रियंकाको अफेयरबारे बताउँदा गौरी वेवास्ता गरिदिन्थिन्। तर एक यस्तो समय पनि आयो जतिबेला गौरीको विश्वास शाहरुखबाट हट्यो। 

गौरीले प्रियंका र शाहरुखबीचको सम्बन्धबारे चासो लिन थालिन् जब शाहरुखले आफ्नो घरको जुनसुकै पाटीमा पनि प्रियंकालाई बोलाउन थाले। 

विस्तारै गौरीले पनि बुझ्न थालिन्, प्रियंका उनको घरमा लामो समय आइरहने छिन्। त्यसैबीच शाहरुख र प्रियंका अवार्डलगायत फिल्म फेस्टिबलमा एकसाथ देखिन थाले। 

शाहरुख खान प्रियंकाप्रति यतिधेरै लगाव थियो कि उनको उपस्थिती रहेको जुनसुकै पाटीमा प्रियंकालाई सहभागिता गराउथे।

एकदिन करणको पाटीमा शाहरुख, गौरीलगायत प्रियंकाको उपस्थिती रहेको थियो। जहाँ शाहरुखले गौरीलाई छोडेर प्रियंकालाई सबैजनासँग चिनाइरहेका थिए। शाहरुखले गरेको काम देखेर गौरी बताइन् कि अब शाहरुख प्रियंकासँग कुनै फिल्म खेल्दैनन्। तर उनको कुरालाई शाहरुखले मानेनन्।

गौरीको कुरा प्रियंकाको लागि नौलो थिएन किनकी त्योभन्दा अगाडि नै ट्वीकल खन्नाले अक्षय कुमारलाई प्रियंकासँग फिल्म खेल्नका लागि बन्देज गरेकी थिइन्। गौरीले शाहरुखलाई दिएको प्रियंका र खान एकअर्कासँग टाढिन् थाले। र सँगै फिल्म खेल्न बन्द गरिदिए। 

प्रकाशित मिति: : 2023-01-10 18:30:00

प्रतिकृया दिनुहोस्