प्रदेश १: एकीकृत समाजवादी संसदीय दलको नेतामा राई, सरकारलाई तत्काल समर्थन नगर्ने

File Photo
File Photo

नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्रकुमार राई चयन भएका छन्।

भोजपुरको प्रदेश (१) बाट निर्वाचित प्रदेशसभा सदस्य राई प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्रीसमेत हुन्।

यस्तै सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा विद्या चाम्लिङ राईलाई चयन गरेको छ। प्रदेश १ मा नेकपा एसका ४ सांसद छन्।

नेकपा एसले प्रदेश १ मा सरकारको काम हेरेर मात्रै समर्थन गर्ने निर्णय गरेको छ। प्रदेशमा सोमबार नेकपा एमालेका हिक्मत कार्कीले मुख्यमन्त्रीको कार्यभार सम्हालेका छन्।

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पुनः बैठक बसेर निर्णय गर्ने तयारी गरेको छ।

सरकारको नीति तथा कार्यक्रमका आधारमा सरकारको समर्थन वा विरोध गर्ने नीति लिने नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ का अध्यक्ष बलदेव चौधरीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-01-10 12:35:00

प्रतिकृया दिनुहोस्