भन्सार छलेर ल्याएको साढे ६६ लाखको सामान बरामद 

शनि शाक्य

काठमाडौं

नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामान र ट्रकसहित एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतका ५६ वर्षीय सुकदेव सिंह रहेका छन्। गत २३ गते उपत्यका बाहिरबाट आउँदै गरेको पी बी १० सी एक्स ७५९७ नम्बरको ट्रक सहित उनी पक्राउ परेका हुन्। 

उक्त ट्रकले भन्सार छलेर सामान ओसारपसार गर्ने कार्य गरिरहेको सूचनाको आधारमा सामानसहितको ट्रक बरामद गरिएको काठमाडौं प्रमुख एसएसपी भरबहादुर बोहराले जानकारी दिए। 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको विशेष टोलीले ट्रकबाट कपडा बरामद गरेको हो। 

बरामद भएका सामानको मूल्य ६६ लाख ६५ हजार ५ सय ५८ रहेको उनले बताए। पक्राउ परेका सिंहलगायत ट्रकलाई भन्सार विभाग पठाइएको छ। 
 

प्रकाशित मिति: : 2023-01-10 10:58:00

प्रतिकृया दिनुहोस्