सरकार विरोधी प्रदर्शनमा १२ जनाको मृत्यु

File photo
File photo

पेरुमा एक महिना पुरानो राजनीतिक संकटको पछिल्लो हिंसामा १२ जनाको मृत्यु भएको छ।

विमानस्थलमा आक्रमण गर्न खोज्ने  प्रदर्शनकारीहरू र सुरक्षा बलबीचको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको हो। रक्तपातको यो नयाँ अध्याय दक्षिणपूर्वी शहर जुलियाकामा भएको थियो।

प्रदर्शनकारीहरूले डिसेम्बर ७ मा तत्कालीन राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ र गिरफ्तार गरेपछि राष्ट्रपति बनेकी डिना बोलुआर्टेको राजीनामा माग गरेका छन्।

वामपन्थी क्यास्टिलोलाई हटाएपछि आक्रोशित प्रदर्शनकारीहरू बोलुआर्टेले तत्काल राजीनामा दिनुपर्ने र नयाँ निर्वाचनको माग गरेका छन्। 
 

प्रकाशित मिति: : 2023-01-10 10:57:00

प्रतिकृया दिनुहोस्