गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

एमाले संसदीय दलका नेता खगराज अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुरूले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि अधिकारीले ३३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पदको दाबी गरेका थिए।

उनलाई एमालेका, माओवादी, राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ६० सांसदकाे समर्थन रहेकाे छ।

अधिकारीले आजै मुख्यमन्त्री पदकाे शपथ लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-09 15:43:00

प्रतिकृया दिनुहोस्