जब साउथका सुपरस्टार विजयले आफ्नाे ‘फ्यान्स’ सँग विवाह गरे ! 

India.com
India.com

साउथ फिल्मका सुपस्टार थलापति विजय पत्नि संगीतासँग टाढिन लागेका छन्। एक रिर्पोटका अनुसार उनीहरुबीच केही कुरा ठिक नभएको कारण उनीहरू एकअर्काबाट छुट्टिन लागेकाे हाे। उनीहरु दुबै जनाले आफ्नो २२ वर्षको नातालाई तोड्न लागेका हुन्। उनीहरु छिट्टै सम्बन्छ बिच्छेद गर्न सक्ने बताइएकाे छ। तर अहिलेसम्म उनीहरु अलग हुन लागेको कुरा भने खुल्न सकेको छैन। 

पछिल्लो महिना तामिल फिल्मका चर्चित डायरेक्टर र शाहरुख खानलाई लिएर ‘जवान’ निर्देशित गर्न गइरहेका छन्। एटली कुमाकी पत्निको ‘बेबी शावर’ मा ४८ वर्षका विजय एक्लै आएका थिए। 

हालैमा विजयको फिल्म ‘वारिसू’ को टे«लर लन्च भयो। तर त्यहाँ उनकी श्रीमती संगीता थिइनन्। त्यसपछि मान्छेले अनुमान लगाउन थाले कि, उनीहरुबीचको सम्बन्ध राम्रो छैन। विजय स्वंयमले त्यो कुरा पुष्टि भने गरेका छैनन्। 

एक रिर्पोटमा उनीसँग सम्बन्धित व्यक्तिहरुले उनको र श्रीमतीबीचमा गडबड भएको कुरालाई गलत ठहराएका छन्। ‘विजय र संगीताबीच राम्रै सम्बन्ध छ। सम्बन्ध बिच्छेदको कुरा कहाँबाट आयो, हामीलाई थाहा छैन’ उनको निकट एक व्यक्तिले भने। 

रिर्पोटमा यो पनि खुलासा भएको छ, कि संगीता आफ्नो सन्तानसँग छुट्टी मनाइरहेकी छिन्। जसका कारण उनी ‘वारिसू’ को ट्रेलर लन्चमा उपथती हुन सकिनन्।  

कमै मान्छेलाई थाहा छ कि संगीता विजयको ठूलो ‘फ्यान्स’ थिइन्। र उनीहरुको भेट १९९६ मा भएको थियो, जब उनी आफ्नो फिल्मके शुटिङमा थिए। 

संगीता खासमा यूकेबाट आएकी थिइन् र उनले विजयको फिल्मको तारिफ गरेकी थिइन्। र विस्तारै उनीहरु कुराकानी बढ्दै गएको थियो। पछि उनीहरु प्रेम सम्बन्धमा रहे। र १९९९ मा विवाह गरे।

विवाह गरेको एक वर्षपछि उनीहरुको छोरा जैसन संजय र २००५ मा छोरी दिव्या साहाको जन्म भयो। 

विजयको कुरा गर्ने हो भने १२ जनवरीमा उनको फिल्म ‘वारिसू’ रिलिज हुन गइरहेको छ। जहाँ उनी मुख्य अभिनयमा रहनेछन्। फिल्ममा रश्मिका मन्दाना, प्रकाश राज र शरत कुमार जस्ता कलाकारको भूमिका रहनेछ।

प्रकाशित मिति: : 2023-01-07 18:20:00

प्रतिकृया दिनुहोस्