मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने पत्रकार पक्राउ

photo: twitter
photo: twitter

मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने एक इरानी पत्रकारलाई पक्राउ गरिएको उनकी श्रीमती र इरानी मिडियाले बताएका छन्।

मेहदी बेकलाई बिहीबार राति हिरासतमा लिइएको सुधारवादी अखबार एतेमादले जनाएको छ। उनी सोही अखबारमा काम गर्छन्।

उनको गिरफ्तारीको कारण थाहा छैन। सरकार विरोधी प्रदर्शनकारीमाथि चरम दमन भइरहेका बेला उनको गिरफ्तारी भएको हो। प्रहरी हिरासतमा एक इरानी कुर्दिश महिलाको मृत्यु भएपछि इरानमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शनले हलचल मच्चाएको छ।

प्रदर्शनका क्रममा ४०० भन्दा बढीको मृत्यु भएको छ भने हजरौँ पक्राउ परेका छन्। प्रदर्शनप्रति विभिन्न पेसा र वर्गका मानिसले ऐक्यबद्धता जनाएका छन्।

– एजेन्सी

प्रकाशित मिति: : 2023-01-07 11:19:00

प्रतिकृया दिनुहोस्