गहना चोरेकाे आराेपमा सर्लाहीमा एक जना पक्राउ

सर्लाहीमा चाँदीका गरहरना चाेरेकाे आराेपमा एक जना पक्राउ परेका छन्। 

ब्रहम्पुरी गाउँपालिका-३ भेल्ही चोकस्थित सोही गाउँपालिका-२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको आराेपमा चन्द्रनगर गाउँपालिका-२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई प्रहरीले पक्राउ गरेको हाे।

चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको साथबाट बिआर ३० बि ८०१० नम्बरको मोटरसाइकल तथा सोही मोटरसाइकलको ट्याङकी मुनी लुकाई राखेको नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ। 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-01-06 14:13:00

प्रतिकृया दिनुहोस्