नीना गुप्ता भन्छिन–‘म बहादुर होइन, मुसा हुँ’

फाइल तस्बिर
फाइल तस्बिर

नीना गुप्ता बलिउडकी चर्चित अभिनेत्री हुन्। हालैमा नीनाले छोराको जन्मदिनपछि आफ्नो जीवन कसरी बितिरहेको छ, त्यसबारेमा खुलासा गरेकी छिन्। 

भारतीय सिनेमा उनी फिल्मको कारण भन्दा पनि आफ्नो व्यक्तिगत कुराको कारण चर्चामा छिन्। विवाह नगरी नै आमा बनेकी कारण उनी चर्चाको विषय बनेकी हुन्। तर त्यस विषयमा उनले सधैं खुलेर कुरा गरेकी छन्। त्यसैबीच नीनाले बताएकी छन्, उनले आफ्नो जीवन कुनै शर्तमा जिएकी छैनन्, एक मुसा जसरी जिइरहेकी छन्। 

आफ्नो व्यक्तिगत कुराबारे यसो भन्छिन्, नीना 

जब कसैले नीनालाई व्यक्तिगत कुरा सोध्ने गर्छन्, तब उनी खुलेरै कुरा गर्छिन्। हालमै ब्रूट इन्डियाले उसलाई लिएको अन्तर्वार्तामा सोधेको थियो, ‘तपाईं गर्व महसुस हुँदैन,जबकी तपाईंलाई इन्डस्ट्रीमा एक बहादुर अभिनेत्रीको रुपमा लिन्छन।’ 

उनले त्यस प्रश्नको नवाफ दिँदै भनिन्, ‘मैल्े विवाह गर्नुभन्दा अगाडि नै छोरीलाई जन्म दिएँ, मान्छेलाई लाग्छ मैले कुनै शर्तमा जीवन जिइरहेको छु तर त्यसो होइन। म बहादुर होइन तर मुसा हुँ भन्दा फरक पर्दैन।’ 

उनी थप्दै भन्छिन्, ‘म विद्रोही होइन, म कुनै प्रथाबाट अलग छुइनँ बरु म परम्पराको आधारमा हिँड्ने व्यक्ति हुँ। भारत बाहिर लाखौँ महिला विवाह बिना नै आमा बन्छिन्। तर मसाबा गुप्ताको जन्मपछि मिडियाले मलाई बहादुर बनाइदियो। जब मेरो निधन हुन्छ तब मान्छेले यस्तो लेख्छन् कि, आफ्नो शर्तमा जीवन जिउने नीना गुप्ताको निधन!’ 

मुश्किल रह्यो नीनाको जीवन

वेस्टइन्डीजका पूर्व क्रिकेटर विवियन रिचर्डससँग लामो समय सम्बन्धमा रहेकी नीनाको व्यक्तिगत विषयलाई लिएर आलोचना भयो। तर उनले बिना विवाह नै आमा बनेर आफ्नो लाइफलाई रमाइलो गरिरहेको कुराले उनको प्रशंसा पनि हुने गर्छ। 

प्रकाशित मिति: : 2023-01-05 11:20:00

प्रतिकृया दिनुहोस्