लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्।
लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा नवनिर्मित प्रदेश सभा भवनमा आइतबार दिउँसो सवा २ बजे पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका हुन्।
नवनिर्वाचित सांसदलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराए। दिउँसो १ बजे पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराइने भने पनि १ घण्टा ढिला गरी गराइयाे।