कोभिड नियन्त्रणका निम्ति लागू प्रतिबन्ध हटाइयो

फाइल तस्बिर
फाइल तस्बिर

इन्डोनेसिया सरकारले कोभिड–१९ नियन्त्रणका निम्ति लागू गरिएका सबै प्रतिबन्ध हटाएको छ।

राष्ट्रपति जोको विडोडोले  कोभिडसम्बन्धी सार्वजनिक गतिविधिमा लागेको राष्ट्रव्यापी प्रतिबन्ध हटाउने निर्णय भएको घोषणा गरेका छन्।

दश महिनाभन्दा बढीको छलफल, सार्वजनिकस्थलको आवागमनलगायत पक्षलाई विश्लेषणका साथै कोरोना सङ्क्रमणको पछिल्लो तथ्याङ्कका आधारमा प्रतिबन्ध हटाउने निर्णय भएको राष्ट्रपति विडोडोले  बताए।

जमघट र भेलामा प्रतिबन्ध हटाइएको भए पनि सबैलाई सतर्क रहन आग्रह गरे। 'म राष्ट्रका सबै क्षेत्रलाई सावधान र सजग रहन सल्लाह दिन्छु, जनताले कोभिड–१९ को जोखिमविरुद्ध सतर्कता अपनाउनुपर्छ' राष्ट्रपति कार्यालयबाट उनले भने। साथै उनले भीडमा नजान, जानु परेमा मास्क लगाउन अनुरोध गरे। 
 

प्रकाशित मिति: : 2022-12-30 19:30:00

प्रतिकृया दिनुहोस्