अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला समितिमा नियुक्त 

अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला समितिमा नियुक्त भएकी छिन्। हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो।

महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि महिला चलचित्रकर्मी सशक्तीकरण कार्यविधि २०७६ अनुसार गठित समितिमा उनलाई सदस्य बनाइएको हो।

एक दशकदेखि पूजा फिल्म करिअरमा व्यस्त छिन्। बोर्डले बुधबार मात्र बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई नियुक्त गरेको थियो।
 

प्रकाशित मिति: : 2022-12-29 15:31:00

प्रतिकृया दिनुहोस्