लुम्बिनी मन्त्रिपरिषद्को निर्णय : १६  गते सथप, १८ गते अधिवेशन बोलाउन सिफासिरस 

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई १६ गते सपथ गराउन र १८ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ।

बुधबार मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै सरकारको तर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेको सरकारका प्रवक्ता एंव आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए।

लुम्बिनी प्रदेशका नवनिर्वाचित सदस्यहरुलाई पहिलो पटक आफ्नो प्रदेशसभा भवन देउखुरी दाङमा नै सथम गराउने तयारी छ।

लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरि सकेको छ भने प्रदेश सभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने तयारी भइरहेको छ।

साथै सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सिमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्नका लागि स्थानीयतहलाई अनुरोधसमेत गरेका छन्।

प्रकाशित मिति: : 2022-12-28 12:45:00

प्रतिकृया दिनुहोस्