फिलिपिन्सकाे बाढीमा १३ जनाको मृत्यु, २३ वेपत्ता

फिलिपिन्समा बाढीले १३ जनाको ज्यान मृत्यु भएको छ। 

केही दिनदेखि आएको वर्षा र बाढीमा परेर २३ जना बेपत्ता भएका छन्। पीडितमध्ये अधिकांश माझी भएका हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

विपद्का कारण ४५ हजारभन्दा बढी मानिसहरूलाई आश्रयका लागि विस्थापित केन्द्रहरूमा बस्न बाध्य भएका छन्।

बेपत्ता भएका माझीहरु खराब मौसमसँग सम्बन्धित खतराहरूको बाबजुद समुद्रमा गएका प्रकोप निकायले जनाएको छ। वेपत्ताको खोजी कार्य भइरहेको छ। 

प्रकाशित मिति: : 2022-12-28 11:24:00

प्रतिकृया दिनुहोस्