बस्तीमा वन्यजन्तुको त्रासः जोखिमबाट जोगाउने योजना बनाउन आग्रह

File Photo
File Photo

पर्सा राष्ट्रिय निकुञ्ज नजिकै रहेको निजगढ नगरपालिका–३, सिंगौलस्थित सूर्यमानमा असोज पहिलो साता साँझपख बस्ती नजिकै बाघ देखियो। नजिकै रहेको रौतहट जिल्लामा पाटेबाघले मान्छे खायो भन्ने हल्लाले सुनेका स्थानीयले बाघ देखेपछि झनै त्रसित भए।

यस्तै निजगढ नगरपालिका–१३, डम्बरपुर र साबिक रतनपुरी गाविसमा दशैतका बाटनै बाघ देखा परेको थियो तर निकुञ्ज नजिक रहेकाले बाघ देखा पर्नु सामान्य मानेका स्थानीय अहिले त्रसित भएका छन्। बिगत १५ दिनमा करिब दुई दर्जन बाख्रा गाँउमै पसेर बाघले खाएपछि स्थानीय त्रसित भए।

त्यस घटनापश्चात् पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिँड्डुल गर्न पाएनन्। साँझ ढुक्कका साथ सुत्नै सकेनन्। यो घटना निकुञ्ज आसपास भएको पहिलो भने होइन, यसभन्दा पहिला पनि यस्ता घटना घटेका छन्। तर पटकपटक बाघ बस्ती वरिपरि घुम्दा पनि निकुञ्ज नागरिकलाई सचेत गराउँदैन।

पछिल्लो समय हात्तीले निजगढ तथा कोल्हवी नगरपालिकामा घर तथा बालीको क्षति गरेको तथा पाटेबाघ खुल्ला सडकमा देखिएकाले मानविय क्षेती भविष्यमा हुन नदिन लागी निकुञ्जको गस्ती बढाउन तथा जनचेतनाको लागी स्थानिय एफएम तथा अन्लाईन समेत प्रयोग गर्न बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई कार्यलयमा पुगेर आग्रह गरेका छन्।

मैनालीले महानिर्देशक डा. ढकाललाई भने, ‘निकुञ्जमा पाटेबाघ लगायत अन्य बाघ संख्या बढनु राम्रो हो तर बस्तीमा हुने जोखिमबाट बस्ती जोगाउन दीर्घकालीन योजना तयार गर्न र हाल भएको क्षेतीको क्षेतिपुर्ति दिन समेत उनले आग्रह गरे।’ संघीय संसद मैनालीले भविष्यमा मानवीय क्षती लगायत अन्य क्षति हुन नदिन विभागले कार्ययोजना तयार गरि अगाडि बढन समेत माननीय मैनालीले अनुरोध गरेका छन्।

वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटक-पटक क्ष्यति गर्दा पनि पर्सा राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन। बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्षति गर्ने गरेको स्थानीयको भनाइ छ। बाघले जनावर खाँदासमेत निकुञ्जले वन्यजन्तुबाट बस्तीलाई सुरक्षित राख्ने क्रियाकलाप नगरेको स्थानीय बताउँछन्।

'कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन,’ स्थानीय तिलक घलानले भने, ‘पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ।’ यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।

-इन्दिप कोइराला

प्रकाशित मिति: : 2022-12-27 19:57:00

प्रतिकृया दिनुहोस्