व्याजदर घटाई समयावधि बढाउ उद्योगी व्यवसायीको माग

रुपन्देहीका उद्योगी व्यवसयाी आन्दोलित बनेका छन्। बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवा स्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन्।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध ब्यवसायीको छाता संगठनले अगुवाई गरी धर्ना दिएका हुन्। उद्योगी व्यवसायी बैंकको ज्यादतिका कारण प्रभावित भई उद्योगी व्यवसायी पलायन हुने अवस्था आएको छ।

रुपन्देहीका दर्जनबढी संस्थाको अगुवाइमा शान्तिपूर्ण विरोध र्‍यालीसहित नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भिष्म न्यौपानेले बताए।

संघको परिसरबाट सुरु भएको विरोध र्‍याली विद्रोही चोक, मिलनचोक, बैंक रोड हुदै राष्ट्र बैंक कार्यालय अगाडि धर्नामा परिणत भएको थियो। विभिन्न माग सहित नारावाजी गर्दै आन्दोलनमा उत्रिएका उद्योगी ब्यवसायीले राष्ट्र बैंक कार्यालय भैरहवाको मुल गेटमा धर्ना दिइ सभामा परिणत भएको थियो।

राष्ट्र बैंकले अब्यवहारिक खालको ‘चालु कर्जा मार्ग निर्देशन–२०७९’ कात्तिक १ गतेदेखी लागु हुने गरी जारी गरेको छ, यसबाट ब्यवसायी आतंकित हुने परिस्थिती आएको छ। ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै व्यवसायीले चरणबद्ध आन्दोलन गर्न बाध्य भएका हुन्।

कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए। 'हामीले रहरले होइन बाध्यताले आन्दोलनमा उत्रेका छौं, हाम्रो मागहरु पुरा नभएसम्म आन्दोलनको कायृक्रम निरन्तर रहने छन्,' उनले भने।

आन्दोलनको कार्यक्रम गरे पनि राज्यले सुनेको छैन। माग पुरा नभएसम्म चरणबद्ध रुपमा उद्योग बन्द गरी आन्दोलन जानरी राख्ने बताए।

प्रकाशित मिति: : 2022-12-27 17:59:00

प्रतिकृया दिनुहोस्