मुख्यमन्त्रीहरूकाे सम्मेलन पनि दाङमा हुँदै
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा प्रदेशका सबै मन्त्रालयहरू स्थापना गरिएकाे छ।
१३ वटा मन्त्रालय रहेकाे लुम्बिनी प्रदेश सरकारमा कुन मन्त्रालय कहाँ राख्ने भन्ने टुंगाे लागिसकेकाे छ। गत मंसिर २८ गते मुख्यन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको शुभारसम्मसँगै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु दाङ ल्याउँने कामकाे थालनी भएकाे थियाे।
पूर्वाधार विकास प्राधिकरणका अनुसार स्थायी राजधानी दउखुरीमा प्रदेश सरकारका १३ वटा मन्त्रालय मध्ये ६ वटा मन्त्रालय प्रशासनिक परिसरभित्र र बाँकी ७ वटा मन्त्रालय परिसर बाहिर स्थापना गरिएका छन्। राप्ती गाउँपालिमा रहेको तत्कालिन राप्ती प्राविधिक शिक्षालयको परिसरमा प्रदेश सरकारको प्रशासनिक केन्द्र रहनेछ।
‘मुख्यमन्त्री कार्यालयसँगै ६ वटा मन्त्रालय भित्र हुनेछ’ प्राधिकरणका प्रमुख कार्याकारी अधिकृत छविराज पोखरेलले भने, ‘बाँकी मन्त्रालयहरु बाहिर सरकारी भवनमा राखिनेछ।’ उनले प्रदेश सरकार सञ्चालनका लागि सबैजसो मन्त्रालय स्थापना गरेर आन्तरिक व्यवस्थापनको काम भइरहेको बताए।
स्थायी राजधानी देउखुरीमा मंसिर २८ गते मुख्यमन्त्री कार्यालय र त्यसअघि दुई वटा मन्त्रालय स्थापना गरिएकाे थियाे। बाँकी रहेका ११ वटा मन्त्रालय पनि राजधानीमा स्थापना गरि अस्थायी मुकामबाट सामान सार्ने र व्यवस्थापनको काम चलिरहेको छ।
प्राधिकरणका प्रमुख कार्याकारी अधिकृत पोखरेलका अनुसार लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्रको परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसँगै पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना गरिएको छ।
बाँकी रहेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, स्वाथ्य मन्त्रालय प्रशासनिक केन्द्र बाहिर स्थापना गरिएको छ।
प्रदेश पूर्वाधार प्राधिकरणका अनुसार राप्ती गाउँपालिका वडा नं. १ को कार्यालय भालुबाङ्गमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, वडा नं. २ को कार्यालयमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय र गाउँपालिकाको कार्यालयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय राप्ती स्थापना गरिएको छ।
त्यस्तै राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालयमा शिक्षा तथा खेलकुद मन्त्रालय, वडा नं. ८ मा शिक्षा तथा खेलकुद मन्त्रालय वडा नं. ५ मा स्वास्थ्य मन्त्रालय कार्यालयमा स्थापना गरिएको छ। उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय भने लमही नगरपालिका वडा नं. १ स्थित छात्रावासमा स्थापना गरिएको छ। मन्त्रालय राखिएको वडा कार्यालयलाई भने अनेत्र सारिएको छ।
प्रदेश पूर्वाधार प्राधिरकणका प्रमुख कार्यकारी अधितकृत पोखरेलले स्थापना गरिएको मन्त्रालयमा वोर्ड टाङ्ने, कार्यालय भवन तयार पार्ने, फर्निचर मिलाउने जस्ता आन्तिरिक व्यस्थापनको काम चलिरहेको बताए। उनले मन्त्रालयहरु पूर्ण रुपमा सञ्चालन आउँन भने अझै केही समय लाग्ने बताए।
यता, मन्त्रालयसँगै प्रदेश सरकारका विभाग तथा निर्देशनालय स्थापना गर्ने काम पनि तीब्र पारिएको छ। राजधानी स्थान्तरण हुँदै गर्दा सूरुमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सारियो। त्यसले राजधानी कार्यान्व्यन गर्न राजधानीको गुरु योजना तयार गर्नै र पूर्वाधार तयार गर्ने काम गर्याे। त्यसपछि क्रमशः सहकारी दर्ता अधिकारीको कार्यालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय मसुरियामा, स्वास्थ्य निर्देशनालय भालुबाङमा राखियो। अहिले प्रदेश योजना आयोगको कार्यालय र मुख्य न्याधिवक्ताको कार्यालय पनि प्रशासनिक केन्द्रभित्र स्थापना गरिएका छन्। प्रदेश लेखा नियन्त्रकको कार्यालय राप्ती गाउँपालिका कार्यालयमा स्थापना गरिएको छ।
साेमबारदेखि प्रदेशकाे कामकाज देउखुरीबाटै हुने
यही पुस ११ गते अर्थात भाेली साेमबारदेखि लुम्बिनी प्रदेश सरकारकाे कामकाज स्थायी राजधानी दाङबाटै हुने भएकाे छ। प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले सूचना जारी गर्दै प्रदेशसभा सचिवालय र प्रदेशकाे काम देउखुरीबाटै सुरू हुने जानकारी दिएका छन्।
यसअघि लुम्बिनी प्रदेशकाे काम अस्थायी राजधानी बुटवलबाट हुँदै आएकाे थियाे।
मुख्यमन्त्रीहरूकाे सम्मेलन दाङमा हुने
पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीमा हुने भएको छ। यही पुस १५ गते सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन देउखुरीमा हुन लागेको हो। सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन सम्मेलन आयोजना गर्न गरिएकाे छ।
मुख्यमन्त्री कुलप्रसाद केसीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेसका लालबाबु राउत, बागमतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिमका सरकार प्रमुख त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुन देउखुरी आउने कार्यक्रम छ।
सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ। प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए।
सम्मेलनमा संघ सरकारसँग भएका मुद्दाका बारेमा छलफल हुनेछ। लुम्बिनीमा आउने मुख्यमन्त्रीहरुलाई यहाँको स्थायी राजधानीको बारेमा समेत लुम्बिनी प्रदेश सरकारले ब्रिफिङ गर्ने कार्यक्रम रहेकाे मन्त्री शर्माले बताए।